दफा
पेटेण्टको दर्ता
: (१) दफा ६ बमोजिम दर्ता गर्न नहुने अवस्थामा बाहेक पेटेण्ट दर्ता गराउन दफा ४ बमोजिम दरखास्त दाखिल भएपछि विभागले दफा ५ बमोजिम आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई अनुसूची–२(क) बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनुपर्छ ।
(२) उपदफा (१) बमोजिमको प्रमाणपत्र प्राप्त गर्नको निमित्त दरखास्तवालाले विभागलाई अनुसूची–३(१) को (ख) मा तोकिएबमोजिमको दर्ता दस्तुर बुझाउनु पर्छ ।